प्रदेश २ मा माओवादीबाट साह र कर्ण मन्त्री बन्ने
शुक्रबार, ०१ साउन २०७८, २२ : ४५
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ संसदीय दलले सरकारमा सहभागी हुने नेताको नाम तय गरेको छ । सो दलले माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साह र रुवी कर्णलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
शुक्रबार बसेको संसदीय दलको बैठकले साहलाई मन्त्री र कर्ण राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । साह र कर्णलाई सरकारमा पठाउने निर्णय भएपनि उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निश्चित भैसकेको छैन । शनिबार ३ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
स्रोतका अनुसार माओवादीलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।