मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

बुधबार, ०८ कात्तिक २०७४, १० : ५२
बुधबार, ०८ कात्तिक २०७४

काठमाडौँ– प्रदेश नम्बर ७ का ४ जिल्लामा मङ्सिर १० गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्नो पक्षमा चुनावी प्रचार प्रसार सुरु गर्न थालेका छन् ।

प्रदेश नम्बर ७ का ४ जिल्लामा हुन गइरहेको पहिलो चरणको निर्वाचनमा हेभिवेट नेताहरूको उम्मेदवारी भने परेको छैन । तर, यी जिल्लामा बाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा यी चार जिल्लाका स्थानीय तहहरूमा राजनीतिक दलका प्रमुख पदका उम्मेदवारले पाएको मतको आधारमा हामीले दलहरूको अवस्था केलाउने प्रयास गरेका छौँ ।

दार्चुला  
दार्चुलामा वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि गणेश ठगुन्ना र नेपाली काङ्ग्रेसका तर्फबाट विक्रम सिंह चुनावी मैदानमा छन् ।

स्थानीय तहको निर्वाचनमा दार्चुलामा नेपाली काङ्ग्रेसले २१ हजार ७ सय ६८ मत पाएको थियो । यस्तै नेकपा एमालेले २० हजार ४ सय ४५ मत र माओवादी केन्द्रले १० हजार ५१ मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको ३० हजार ४ सय ९६ मत छ, जुन नेपाली काङ्ग्रेसको भन्दा ८ हजार ७ सय २८ मत बढी हो ।

दार्चुलामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७८ हजार ५ सय १२ मतदाता रहेका छन् । यहाँ प्रतिनिधि सभा निर्वाचनका लागि १ क्षेत्र रहेको छ ।

दार्चुलामा स्थानीय तहमा यी दलहरूले पाएको मतको विश्लेषण गर्दा वाम गठबन्धनलाई पराजित गर्न नेपाली काङ्ग्रेसले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

बझाङ
बझाङमा वाम गठबन्धनका तर्फबाट एमाले नेता भैरवबहादुर सिंह र नेपाली काङ्ग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंह चुनावी मैदानमा छन् ।

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख ४ हजार २ सय ७५ मतदाता रहेको बझाङमा  प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २६ हजार १ सय २२ मत ल्याएको थियो । नेकपा एमालेले २८ हजार ७० मत र माओवादी केन्द्रले १२ हजार ९ सय ३० मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको ४१ हजार मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा १४ हजार ८ सय ७८ मत बढी हो । एक निर्वाचन क्षेत्र रहेको बझाङमा आफ्नो जित निकाल्न नेपाली काङ्ग्रेसलाई वाम गठबन्धनले चुनौती थपेको छ ।

बाजुरा  
बाजुरामा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका लालबहादुर थापा र नेपाली काङ्ग्रेसका कविराज पण्डित चुनावी मैदानमा छन् ।

गत स्थानीय तहको निर्वाचनमा बाजुरामा नेपाली काङ्ग्रेसले २३ हजार २ सय ३ मत पाएको थियो । यस्तै एमालेले २२ हजार ५ सय ६९ मत पाएको थियो भने माओवादी केन्द्रले ३ हजार ९ सय ५६ मत ल्याएको थियो ।

यो जिल्लामा बाम गठबन्धनको मत जोड्दा २६ हजार ५ सय २५ हुन्छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ३ हजार ३ सय २२ मत बढी हो ।

वाम गठबन्धन र नेपाली काङ्ग्रेसका बीचमा झिनो मत अन्तर रहेकाले नेपाली काङ्ग्रेसले अन्य साना दलहरूलाई साथमा लिएर मिहिनेत गर्ने हो भने वाम गठबन्धनका लागि चुनौती खडा गर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता रहेका छन् । बाजुरामा प्रतिनिधि सभा निर्वाचनका लागि एक क्षेत्र रहेको छ ।

बैतडी
 

बैतडीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी र नेपाली काङ्ग्रेसका नरबहादुर चन्द बीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली काङ्ग्रेसले २७ हजार ६ सय ८० मत ल्याएको थियो । नेकपा एमालेले २५ हजार ६ सय ४१ र माओवादी केन्द्रले १८ हजार १ सय ६६ मत ल्याएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको ४३ हजार ८ सय ७ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १६ हजार १ सय २७ मत बढी हो ।

यस आधारमा बाम गठबन्धनलाई हराउन यहाँ पनि नेपाली काङ्ग्रेसलाई कठिन पर्ने देखिन्छ । प्रतिनिधि सभा निर्वाचनका  लागि १ मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३ सय १७ मतदाता छन् ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप