आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशमा खोपका लागि दुई अर्ब विनियोजन

शनिबार, ०२ साउन २०७८, १३ : ५७
शनिबार, ०२ साउन २०७८

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिइन् ।

चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उनले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको बताइन् ।
मन्त्रालयको गतिविधिका बारेमा आज यहाँ सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले खोप खरिदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको र संभव नभएमा सङ्घीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाइन् ।
उनले कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने समेत आग्रह गरिन् । यसैबीच प्रदेश  सरकारलाई ‘एसटिसी ग्रुप’ नामक संस्थाद्वारा २०० अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिन्डर हस्तान्तरण गर्नुभएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप