सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालकोट पुगे कार्यदलका पूर्व सदस्यहरु– स्थायी कमिटी रोक्न ओलीले मानेनन्

शनिबार, ०२ साउन २०७८, २२ : २६
शनिबार, ०२ साउन २०७८

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलका पूर्व सदस्यहरु  पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेका छन् । दुबै पक्षका नेताहरु सम्मिलित कार्यदलका सदस्यहरुले ओलीलाई भेटेर आइतबारका लागि बोलाइएको बैठक रोक्न आग्रह गरेपनि उनले अस्वीकार गरेको  नेता भीम आचार्यले जानकारी दिए । 

 


 

बालकोटमा शनिबार साँझ ओलीसँग भएको भेटमा आफूहरूले आइतबारको बैठक रोक्न आग्रह उनको भनाइ थियो।  यस्तै अर्का नेता  गोकर्ण विष्टले १० बुँदेको आधारमा पार्टीलाई एकताबद्ध बनाउन पार्टी अध्यक्षले भूमिका खेल्नुपर्ने धारणा आफूहरूले राखेको बताए । 

नेता प्रदीप ज्ञवालीका अनुसार १० बुँदे सहमति शुक्रबारको स्थायी कमिटी बैठकबाट अनुमोदन भइसकेकाले पार्टीमा सबै आएर संगठनलाई गति दिनुपर्ने धारण राखेको बताए ।  आजै कार्यदलमा रहेका दोस्रो तहका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धतासहित छलफल गरेका थिए । 

शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका थिए ।

 ‘पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकतावद्ध बनाउन सकिन्छ । नेकपा एमाले एकतावद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सवल बनाउन सकिन्छ’, उनको भनाइ छ, ‘सोही निष्कर्षका साथ सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढने निष्कर्षमा पुगेका छौं । हामी सोही रुपमा अघि बढछौं ।’

शुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै सृजनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप