सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु

शनिबार, ०२ साउन २०७८, २३ : ०१
शनिबार, ०२ साउन २०७८

पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन् ।

कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार आज साँझ ६ बजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरी घाइते भएकी थिइन् । चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २६ वर्षीय सुवास चौधरी घाइते भएका छन् । घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप