आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइतबार ६०० रुपैयाँले घटेर सुनको कारोबार हुँदै

आइतबार, ०३ साउन २०७८, १३ : २३
आइतबार, ०३ साउन २०७८

आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 
गत शुक्रबार बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ६०० रुपैयाँले नै घटेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ ।  यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप