आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको बैठक सुरु, तस्बिरमा हेर्नुहाेस्

आइतबार, ०३ साउन २०७८, १४ : ५१
आइतबार, ०३ साउन २०७८

सत्तासीन नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।  आइतबार दिउँसो २:४५ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक जारी छ । दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो पुगेपछि बैठक पौने तीन बजे सुरु भएको हो ।

बैठकमा आज चार बजे बस्ने प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतका सन्दर्भ छलफल हुने छ । गत मङ्गलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले आज विश्वासको मत लिन लागेका हुन् । देउवाले विश्वासको मत पाउने करिब निश्चित जस्तै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप