आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले सोमबार कोभिड खोप केन्द्र अनुगमन गर्ने

आइतबार, ०३ साउन २०७८, १६ : ०६
आइतबार, ०३ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नेछन् । 

भोलिदेखि जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिने कार्यक्रम छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप एक जोड मात्रै लगाए पुग्छ ।

काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपालले प्राप्त गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप