सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रचनात्मक प्रतिपक्षको भूमिकामा बस्छौँ : प्रदीप ज्ञवाली

आइतबार, ०३ साउन २०७८, १८ : ५४
आइतबार, ०३ साउन २०७८

पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा रहने प्रस्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसदसमेत रहेका उनले राष्ट्रियताको सवालमा चौबीसै घण्टा आँखा झिमिक्क नपारी नियालिरहने बताए ।

‘अहिले देख्नुभयो होला नि, प्रतिपक्ष कस्तो हुनुपर्ने रहेछ,’ उनले आजकै प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न अध्यादेश पेस गर्न प्रतिपक्षले सघाएकोतर्फ संकेत गर्दै भने । उनले यसअघि केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा अध्यादेश पेस गर्न खोज्दा प्रतिपक्षी दलले अवरोध गरेकोमा असन्तुष्टिसमेत जनाए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि राख्दै आफूहरुले विश्वासको मत दिन नसक्ने पनि प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप