आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाको चिन्ता : राष्ट्रपति विचरा सुत्न पाउनुभएन

आइतबार, ०३ साउन २०७८, २१ : ११
आइतबार, ०३ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने प्रतिबद्धता जनाउने दलप्रति धन्यवाद दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मलाई विश्वासको मत दिने प्रतिबद्धता दिने पार्टी र साथीहरुप्रति धन्यवाद दिन्छु ।’

देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे ।  उनले भने, ‘प्रधानमन्त्रीले सदनमा बोल्दा प्रतिपक्षी दलको नेताले सुन्नुपर्छ । उहाँले बोल्दा म सँधै आउँथे । तर उहाँ आउनुभएन । उहाँको स्वास्थ्य अवस्था पनि ठीक नभएको होकि ?’

प्रधानमन्त्री देउवाले सदनमा नबोलेको प्रति पनि गुनासो गरे । ‘उहाँ राम्रो बोल्नुहुन्थ्यो । तर आज बोल्नुभएन । माननीयज्यू (प्रदीप ज्ञवाली)ले बोल्नुभयो,’ देउवाले भने ।

संसद विघटन गर्ने नाममा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताए । उनले भने, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप