आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

आइतबार, ०३ साउन २०७८, २१ : २७
आइतबार, ०३ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’

यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले  आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए । अदालतका आफ्नो कुरा छ । अदालतमा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो कुरा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप