आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रूप

मङ्गलबार, ०५ साउन २०७८, १४ : ४८
मङ्गलबार, ०५ साउन २०७८

नेपाली काँग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रूप दिएको छ । विभागका प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुवै प्रक्रियाबाट बैठक बसेको थियो । 

कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रूपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको विज्ञप्तिमार्फत जनाएको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ । 

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औँ महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ ।

‘डिजिटल भोटिङ’ को नमुना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणको लागि दक्ष इन्जिनियरहरूको नेटवर्क तयार गरिएको छ । प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरूप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले पार्टीको १४ औँ महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत अन्य निर्णय पनि गरेको छ । प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरूप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टीको १४ औँ महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा विषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशील सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ ।

विभागको प्रथम पूर्ण बैठकको निर्णय बमोजिम ‘प्रविधि मैत्री अभियान’ क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डाटा इन्ट्री) प्रति बैठकले सन्तोष व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप