सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा सैनिक हुद्दा गुरुङको हत्या आशंका, टाँडीबाट ‘साथी’ पक्राउ

बिहीबार, ०७ साउन २०७८, १८ : ०६
बिहीबार, ०७ साउन २०७८

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको आशंका गरिएको छ । हत्या आशंकामा प्रहरीले चितवनको टाँडीबाट उनको साथीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका आरोपीको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहीबार बिहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । गोली लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए  ।

घटनास्थलमा गोलीको खोका फेला परेको छ । गुरुङको टाउकोमा गोली लागेको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ । ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप