निर्वाचन आयोगले बोलायो जसपाका ५१ जना कार्यकारिणी सदस्य
बिहीबार, ०७ साउन २०७८, १८ : ३२
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने निर्णय गरेको हो ।
उनीहरुलाई यही साउन ११ गते ११ बजे सक्कल नागरिकतासहित बोलाउने निर्णय आयोगले गरेको छ ।