२ सय रुपैयाँ असुल गर्न ८ वर्षपछि पक्राउ !
बिहीबार, ०७ साउन २०७८, २२ : ५६
सुर्खेत प्रहरीले २ सय रुपैयाँ असुल उपर गर्नका लागि भन्दै करिब ८ वर्षपछि ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी) रामप्रसाद घर्तीकाअनुसार उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका वडा नं.६ बिहीबारेबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का वर्ष ३१ का लोकेन्द्र थापा, वर्ष ४० को लोकेन्द्र सुनार, सोही ठाउँ बस्ने, वर्ष ३७ का सन्दिप श्रेष्ठ, वर्ष ३७ को रोशन भट्टराई र वर्ष ३८ का धनबहादुर गुरुङ रहेका छन् । डिएसपी घर्तीले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उपस्थित गराइएको बताए ।
जुवा मुद्दामा २०७१ मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसलाले लगत नं. १०६२ मा लगत कसिएको जनही १ सय असुल उपर गर्ने प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।