छोरी जन्माएकोमा गर्व गराउन चाहन्छु
-गरिमा खनाल
एउटा राम्रो घर बनाउन चाहन्छु
तिम्रो त्यो च्यातिएको चोलीलाई
फेरेर नयाँ चोली लगाइदिन चाहन्छु
तिमिले भनेको हैन म प्यारी छु भनेर
तिमी जस्तै बनेर दुनियाँ हेर्न चाहन्छु
बस तिमीले मेरो हात नछाड्नु है
म तिमीलाई दुनियाँ घुमाउन चाहन्छु ।
सानो छँदा मेरो साहारा बन्यौ
मलाई जरो आउँदा रातभरि
आफ्नो निन्द्रा त्यागेर मेरो ख्याल राख्थ्यौ
अब म तिम्रो ख्याल राख्न चाहन्छु
तिमीलाई दुनियाँ घुमाउने मेरो सपना
अब पूरा गर्न चाहन्छु
सानो छँदा मेरा लागि लुगा किन्थ्यौ
मेरो हरेक इच्छा पूरा गथ्र्यौ
अब बस म तिम्रो इच्छा पूरा गर्न चाहन्छु
तिमीलाई यो छोरी जन्माएकोमा गर्व गराउन चाहन्छु
बस तिमीले मेरो हात अनि साथ कहिले नछोड्नु है
म तिमीलाइ आफ्नो हरेक सफलतामा सँगैै
भएको हेर्न चाहन्छु ।
आमा
हाम्रो पनि एउटा सानो सुन्दर संसार हुनेछ
तिमीलाई ममाथि गर्व हुने छ
तिम्रो बुढेसकालको साहारा बन्ने मेरो यो चाहाना
बस केही वर्षपछि पूरा हुनेछ
तिमीले मसँगै बसेर चिया खाने भनेको हैन
पाथीभरा माईको दर्शन गर्न जाने भनेको हैन
मुस्ताङको मुक्तिनाथना गएर हिउँ खेल्ने भनेको हैन
समय खराब छ तिमीले मेरो साथ देऊ
तिम्रो यो सपना पनि छिट्टै पूरा हुने छ
बस तिमीले मेरो हात नछाड्नु है
हाम्रो यो सम्बन्ध जुनी जुनीसम्म हुने छ... ।