आयो ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’
शुक्रबार, ०८ साउन २०७८, २३ : २४
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ । कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विद्वानहरू प्राडा. हेमनाथ पौडेल, प्राडा.रमेशप्रसाद भट्टराई र डा.प्रेमप्रसाद चौलागाईंले लेख्नुभएको सो कृति प्रकाशन भएको हो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरण रहेको अवस्थामा नेपाली भाषाका सीपको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण भएको बताए । डिमाइ आकारको ३५२ पृष्ठको पुस्तकको मूल्य ३१५ रहेको छ ।