युथ फोर्सको भ्याली कमाण्ड घोषणा, घोषणासभामा ओली अनुपस्थित
शनिबार, ०९ साउन २०७८, १५ : ३७
नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।
भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले उपत्यकाका विभिन्न स्थानबाट जुलुसहित प्रदर्शन गरेका थिए । जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी