आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनुहारमाथि बिजुली बालिदिएपछि प्रधानमन्त्री देउवा झोक्किए

बिहीबार, १४ साउन २०७८, १४ : ०१
बिहीबार, १४ साउन २०७८

बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खुमलटारमा अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा कार्यक्रम राखिएको थियो । राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि थिए । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व वनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालका लागि भारतीय राजदूत, नेपालका लागि रसियाका कार्यवाहक राजदूत लगायत अतिथि थिए । 

बिहान साढे १० बजे सुरू भएको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा ठीक समयमै पुगेका थिए । कार्यक्रमस्थलमा उनले नेपालमा पाइने बाघको अवलोकन समेत गरे । कार्यक्रमका वक्ताहरूमध्ये देउवाको बोल्ने पालो अन्तिममा रहेको थियो । उनी अघि पूर्वप्रधानमन्त्री नेपाल र त्यसअघि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बोलेका थिए । राजदूत क्वात्राले बोल्ने क्रममा झ्याप्प बिजुली गयो । 

उनले अँध्यारोमै माइकबिना भाषण टुङ्ग्याए । एकछिनपछि जेनेरेटरबाट बिद्युत ब्यवस्था गरियो तर मञ्चमा देउवाको मुखमा पर्नेगरी बिजुली बालियो ।  उनले अनुहारमा परेको बिजुलीको प्रकाश हातले छेक्दै सो बत्ती बन्द गर्न भने । तर तुरुन्तै बत्ती ननिभाएपछि प्रधानमन्त्री देउवा रिसाइरहेका देखिन्थे । अनुहारमा परेको बत्ती निभेपछि देउवा शान्त बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप