रूपन्देहीमा साउन मसान्तसम्म निषेधाज्ञा थप
रूपन्देही जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर थप बृद्धि भएको रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जस्तैगरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको आदेशमा खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने भनिएको छ । यस्तै सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परीक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवा सहज हुनेछन् । अन्यको हकमा पुरानै नियमलाई निरन्तरता दिइएको प्रशासनले जारी गरेको निर्देशनमा उल्लेख छ । रुपन्देहीमा बैशाख १६ गतेदेखि नै निषेधाज्ञा जारी रहेको छ ।