महाकाली घटनामा दोषीलाई कारवाही गर्न माधव नेपालको भारतलाई आग्रह
शनिबार, १६ साउन २०७८, १८ : ५५
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न भारत सरकार समक्ष माग गरेका छन् । शनिवार काठमाडौंमा अखिल फोर्सको भेलालाई सम्वोधन गर्दै नेता नेपालले महाकाली नदीमा तुइन तर्ने क्रममा दुःखद घटना घटेको भन्दै त्यसको छानविन गर्न माग गरेका हुन् ।
उनले भने– ‘दोषीले लापरवाहीले होस वा बदमासीले होस, एउटा नेपाली यूवा बाढीमा परेको कुरा सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने कुरामा म भारत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु । यो विषयमा नेपाल सरकारले पनि छानविन गरोस् भनेर म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु ।’ नेता नेपालले दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।