सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा ‘तपाईंको मास्क खै ?’ अभियान

मङ्गलबार, १९ साउन २०७८, ११ : ०९
मङ्गलबार, १९ साउन २०७८


सुर्खेतमा कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीयवासीले लापरबाही गरेपछि सुर्खेत प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ ।  सुर्खेतमा केही दिनयता कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण दर पुनः बढेको छ । नागरिकहरुले जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचक्य्राइँ गरेका कारण संक्रमण दर बढ्न थालेको विज्ञहरुको भनाइ छ ।

निषेधाज्ञा खुकुलो पारेसँगै प्रदेश राजधानी वीरेन्द्रनगरमा मानिसको आवत–जावत बाक्लिएको छ । होटल रेस्टुराँ खुलेका छन् । राजनीतिक दलहरुले पार्टीका कार्यक्रम तथा भेला आयोजना गरिरहेका छन् । यद्यपि, जनस्वास्थ्यका मापदण्ड पालना नभएका कारण सुर्खेत कोरोनाको ‘हट स्पट’ बन्न सक्ने विज्ञहरु बताउँछन् ।

जनस्वास्थ्यका मापदण्ड पालना गराउने उद्देश्यले सुर्खेत प्रहरीले चोक चोकमा ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरी सार्वजनिक स्थानमा निस्किँदा मास्क अनिवार्य लगाउन अभिप्रेरित गर्न थालेको हो ।
यो अभियानमा नेपाल प्रहरी, सेना र विभिन्न सामाजिक अभियन्ताहरुले साथ दिएका छन् । 

सुर्खेतमा हाल कोरोनाको संक्रिय संक्रमितको संख्या २२७ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप