नागार्जुनमा टिपरको ठक्करबाट १ जनाको मृत्यु
बिहीबार, २१ साउन २०७८, २१ : ३६
काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित लाफा भिलेज इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्लटिङमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बा ५ ख १८६० नम्बरको टिप्पर पल्टिएर सर्लाहीको लालबन्दी घर भएका ३९ वर्षीय सोमबहादुर बलको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले रातोपाटीलाई बताए ।
प्रहरीले टिपरका सह–चालक लक्ष्मण तामाङलाई पक्राउ गरेको छ । सह–चालकले टिप्पर चलाएको र उकालोमा ब्रेक नलागेपछि हाम्फालेका सोमबहादुरलाई टिपरले किचेको नेपाली काँग्रेसका वडा सभापति देवेन्द्र गिरीले बताए । रोडा लोड भएको टिप्पर चालकले सह–चालकलाई चलाउन दिएका थिए । चालक फरार छन् ।