बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्वालिटीमा माधवको मोर्चाबन्दी, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २२ साउन २०७८, १२ : ३४
शुक्रबार, २२ साउन २०७८

बिहीबारदेखि राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा एमालेको माधव कुमार नेपाल पक्षको दौडधूप बढेको छ । नेपाल पक्षले आफ्नो समूहको स्पष्ट धारणा र अध्यक्ष केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्दै आफू पक्षको रणनीति तय गर्न सोही बैंक्वेटमा सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय समिति बैठक राखेको छ ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक सोमबार पनि जारी छ । बैठकमा नेपालसहित भीम रावल, घनश्याम भुसाल, युवराज कार्की, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, अष्टलक्ष्मी शाक्यलगायत ७० बढी केन्द्रीय सदस्य सहभागी भएको माधव नेपाल पक्षको सचिवालयले दाबी गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप