सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ

शुक्रबार, २२ साउन २०७८, १२ : ३६
शुक्रबार, २२ साउन २०७८

प्रहरीले नागढुंगा नाकाबाट लागुऔषधसहित १ व्यक्तिलाई पक्राउ गरेको छ । शुक्रबार बिहान महानगरीय प्रभाव नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आइरहेको बा ४ ख ४४४७ नम्बरको बसमा सवार सञ्जय लामालाई पक्राउ गरेको हो ।

लामाको साथबाट प्रहरीले केही लागुऔषध बरामद गरेको जनाएको छ ।  लामा उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप