बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दुवै डोज खोप लगाउनेलाई इन्फेक्सन हुने खतरा ६० प्रतिशत कम

शुक्रबार, २२ साउन २०७८, १२ : ५२
शुक्रबार, २२ साउन २०७८

कोभिड–१९ विरुद्धको खोप लगाएपछि पनि कोरोनाको इन्फेक्सन भएको पाइएको छ । यसलाई वैज्ञानिकहरुले ‘ब्रेकथ्रु इन्फेक्सन’ को नाम दिएका छन् । भारत, अमेरिका लगायत विश्वका थुप्रै देशहरुमा यस्तो अवस्था आएको छ । खोपको दुवै डोजपछि पनि भाइरसको संक्रमणले गम्भीर बिरामी बनाउने र अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आएको छ । ‘ब्रेकथ्रु इन्फेक्सन’ रोक्नका लागि इजरायल लगायत केही देशहरुले बुस्टर डोज पनि लगाउन सुरु गरिसकेका छन् । 

तर, कति प्रतिशत मानिसहरुलाई खोपको दुवै डोज लगाएपछि पनि इन्फेक्सन हुने खतरा छ त ? यसको उत्तर नयाँ अनुसन्धानबाट पत्ता लागेको छ । बेलायतमा गरिएको एक अनुसन्धानले दुवै डोज खोप लगाएपछि कोरोना संक्रमण हुने खतरा ६० प्रतिशत कम हुने उल्लेख गरेको छ । 

अर्थात, तीन जनामध्ये एक जनालाई कोरोना खोप लगाएपछि पनि इन्फेक्सन हुने खतरा रहन्छ । त्यसैले, विशेषज्ञहरुले खोप लगाएपछि पनि मास्क, सामाजिक दूरी, स्यानिटाइजर जस्ता कुराहरुमा विशेष ध्यान दिन आग्रह गरेका छन् । 

बेलायतको इम्पीरियल कलेज अफ लण्डन र मार्केट रिसर्च फर्म इप्सोस मोरी (Ipsos MORI)  ले संयुक्त रुपमा जुन २४ देखि जुलाई १२ सम्म ९८,२३३ नमुना संकलन गरेका थिए । यसको विश्लेषण गरेर अगस्ट ४ मा अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । यो अध्ययनलाई रियाक्ट नाम दिइएको छ । 

नयाँ अध्ययनको नतिजाले के भन्छ ?

बेलायतको नयाँ अध्ययनले १६९ जनामध्ये एक व्यक्ति कोरोना भाइरसबाट संक्रमित भयो । जसले दुवै डोज खोप लगाएका थिए तिनीहरुमा प्रिभिलेन्स रेट ०.०४ प्रतिशत छ । अर्थात, १०० मा ४० प्रतिशतमा भाइरसको इन्फेक्सन भयो । त्यसैले, औषतमा तीन व्यक्ति मध्ये एक जनामा भाइरसको इन्फेक्सन हुने खतरा धेरै छ । 

उक्त अध्ययनले खोप नलगाउनेभन्दा लगाउनेलाई कोरोनाको खतरा ६० प्रतिशत कम हुन्छ । यसमा एसिम्प्टोमेटिक इन्फेक्सन सामेल हुन्छ । यस्ता व्यक्तिहरुमा प्रिभिलेन्स रेट १.२१ प्रतिशत हुन्छ । अर्थात उनीहरुमा संक्रमित हुने खतरा खोप लगाएकाभन्दा तीन गुणा बढी हुन्छ ।

बेलायत सरकारले कोरोना भाइरस नियन्त्रण गर्नका लागि लगाएको प्रतिबन्ध जुलाई १९ बाट खुकुलो बनाएको छ । बन्द कोठाभित्र मास्क लगाउने नियम पनि कतिपय क्षेत्रमा हटाइएको छ । यसपछि मे र जुनको बीचमा संकलन गरिएको नमुनाहरुमा इन्फेक्सन रेट ०.१५ प्रतिशत थियो जुन नयाँ अध्ययनमा चार गुणा बढेर ०.६३ प्रतिशत पाइएको छ । अनुसन्धानकर्ताहरुले जुलाईमा संक्रमणदर कम भएको दाबी गरेका छन् । 

के खोप लगाएका व्यक्तिहरु संक्रमित हुँदा भाइरस फैलन्छ ? 
उक्त अध्ययनले कोरोनाको दुवै डोज खोप लगाएका व्यक्तिहरु संक्रमित भएमा भाइरस फैलने खतरा हुँदैन । बेलायतको एक अध्ययनले दुवै डोज खोप लगाएका ३.८४ प्रतिशत मानिसहरुले पछिल्लो केही दिनमा कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका थिए । जो इन्फेक्सनका कारण बने । उता, कोभिड–१९ संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएको दाबी गर्नेहरुमध्ये कोरोनको खोप लगाउनेको संख्या ७.२३ प्रतिशत थियो ।

उक्त अध्ययनको सर्भे कार्यक्रमका निर्देशक तथा इम्पीरियल स्कुल अफ पब्लिक हेल्थका प्राध्यापक पोल एलियटले कुनै पनि खोपले भाइरसको संक्रमणबाट शतप्रतिशत बचाउन नसक्ने बताए । उनले खोप लगाएका व्यक्तिहरु पनि संक्रमित भएको र सावधानी अपनाउन आवश्यक रहेको बताए ।

के संक्रमण रोक्न खोप प्रभावकारी छैन ? 
पब्लिक हेल्थ इंग्ल्याण्ड (PHE) को डाटाले दुवै डोज खोप लगाउनेहरुलाई संक्रमणपछि अस्पताल भर्ना गर्नुपर्ने स्थिति फाइजर खोप लगाउनेलाई ९६ प्रतिशत र कोभिडसिल्ड लगाउनेलाई ९२ प्रतिशत प्रभावकारी भएको पाइएको जनाएको छ ।

पीएचइका अनुसार खोपका कारण बेलायतमा २.२ करोड  व्यक्तिहरु कोरोना संक्रमित हुनबाट बचेका छन् । यसका साथै, ५२,६०० अस्पताल भर्ना हुनबाट र ३५,२०० देखि ६० हजार मृत्युबाट बचेका छन् । 

जुन २१ देखि जुलाई १९ को बीच पीएचइ हस्पिटलाइजेसन डाटाका अनुसार १ हजार ७८८ मानिसहरु डेल्टा भेरियन्टबाट संक्रमित भएपछि हस्पिटल भर्ना भए । यसबाट ९७० (५४.३ प्रतिशत)ले खोप लगाएका थिएनन् । जसमा ५३० (२९.६ प्रतिशत) ले खोप लगाएका थिए । 

अब कोरोनाको ‘टाग्रेट’ को ? 
विश्वभरका १८ देखि २९ वर्ष उमेर समूहका करिब २८ लाख मानिसहरुले कोरोनाको खोप लगाएका छैनन् । ती युवाहरुमा गम्भीर लक्षण देखिने डर कम हुन्छ तर ती संक्रमितहरुबाट अरु व्यक्तिहरुमा फैलने खतरा भने बढी हुन्छ । 

इम्पीरियल कलेज अफ लण्डनको उक्त अध्ययनको अनुसार ७५ वर्षभन्दा कम आयु ग्रुपमा भाइरसको इन्फेक्सनको खतरा बढी हुन्छ । १३ देखि १७ वर्षका ग्रुपमा प्रिभेलेन्स नौ गुणा बढी भएको छ । जुन मे र जुनको सर्भेमा ०.१६ प्रतिशत जुन बढेर १.५६ प्रतिशत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप