सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपाल समूहको बैठक : केन्द्रीय सदस्यको उपस्थिति बढ्दै

शुक्रबार, २२ साउन २०७८, ०६ : ००
शुक्रबार, २२ साउन २०७८

नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको दावी गरिएको छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य आजको बैठकमा थपिएको बताए । बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको बैठकमा सहभागी भएका छन् । हिजो ७० जनाको सहभागिता रहेको बताइएको थियो । 

हिजो आचार्य स्थायी कमिटी बैठकमा सहभागी भएपनि केन्द्रीय कमिटीमा सहभागी भएका थिएनन् भने पाण्डे कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेको कारण देखाउँदै सहभागी भएका थिएनन् ।  आजको बैठकमा सहभागी हुने अन्यमा केन्द्रीय सदस्यको भूमिकामा रहेका नेताहरु रहेका छन् । आफ्नो समूहको रणनीति बनाउन नेपाल समूहको बैठक क्वालिटी बैंक्वेट बुद्धनगरमा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप