सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सेयर प्रकरण : अर्थले माग्यो नेप्सेसँग ओटीसी विवरण

शुक्रबार, २२ साउन २०७८, १७ : १८
शुक्रबार, २२ साउन २०७८

धितोपत्र बजारमा गलत तरिकाले सेयर कारोबार भएको प्रकरणमा अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग ओटीसी विवरण माग गरेको छ ।  पहिलो पटक बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको साधारण सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर चलखेल गर्दै नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोर्डका सदस्य चन्द्रप्रसाद ढकालले चलखेल गरेको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयले छानविन शुरु गरेको हो । 

यसअघि धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग अर्थमन्त्रालयले समाचार बारे स्पष्टिकरण सोधिसकेको छ । विवाह गरेर गाइसकेकी छोरीले खरिद गरेको सेयरमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पार्दै अध्यक्ष ढुंगानाले त्यसमा आफुलाई जोडेर हेर्नुपर्ने कुनै कारण नभएको र एकाघरको भन्न पनि नमिल्ने जवाफ पठाएका छन् । 

तर, उक्त जवाफ चित्त बुझ्दो नभएपछि अर्थमन्त्रालयले थप छानविनका लागि शुक्रबार नेप्सेसँग कम्पनीको सेयर कारोबार विवरण (ओटीसी) मगाएको हो ।   बजारमा सर्वोत्तम सिमेन्टको कुल ६० लाख कित्तामध्ये ११ हजार ९१२ कित्ता सेयर अध्यक्ष ढुंगानाले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा, १ लाख १९ हजार ११७ कित्ता सेयर उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफै सहोदर भाइ हेमराज ढकालको नाममा र १० हजार कित्ता सेयर नेप्सेका अध्यक्ष चन्द्रसिंह साउदले आफ्नी श्रीमती सुशीलाकुमारी बोहराको नाममा भित्री चलखेलका आधारमा खरिद गरेको आरोप लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप