बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

घण्टाकर्ण राक्षसको मुखमा आगो, तस्बिरमा हेर्नुहोस् भक्तपुरको नेवारी पर्व

शुक्रबार, २२ साउन २०७८, २० : ३२
शुक्रबार, २२ साउन २०७८

शुक्रबार भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएको छ । गथांमुगः चःर्‍हे समेत भनिने यो पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा रहेका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर घण्टाकर्ण राक्षसलाई जलाउने परम्परा रहेको छ । 

भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको किम्बतन्तीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्‌वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उध्याइन्छ ।

राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा लग्ने चलन छ । यो क्रममा अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाउने प्रचलन छ ।

परापूर्व कालमा दोबाटो चौबाटोमा वसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेमङ्‍गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाउने गरिएको जनविश्वास छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप