सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पङ्खामै बिजुली बत्ती : वाइफाई र रिमोटसहितको ‘फ्यान विथ लाइट्स टु इन वान’ अब नेपालमै (भिडियो)

शनिबार, २३ साउन २०७८, १५ : ४६
शनिबार, २३ साउन २०७८

विभिन्न प्रकारका विजुली बत्तीसहित वाइफाई भएको र रिमोटबाट चल्ने अत्याधुनिक पंखा अब नेपाली बजारमा उपलब्ध भएको छ । अब्बा इन्टरप्राइजेज प्रा.ली.ले कुपन्डोलको ब्रिक्स क्याफेसँगै ‘फ्यान विथ लाइट्स’ अर्थात पंखामै बिजुली बत्तीसहितको म्याग्निफिक डिजाइनर फ्यानको शो रुम सञ्चालनमा ल्याएको छ । 

यी बिजुली बत्तीसहितका फ्यानहरु मोबाइल एप्लिकेशन, रिमोटमार्फत चलाउन सकिन  र कम बिद्युत खपत गर्ने अब्बा इन्टरप्राइजेजका सिइओ आशिष बस्नेतले जानकारी दिए । विभिन्न मोडेल र डिजाइनमा रहेका फ्यानहरुमा इन्र्भटरबाट समेत सजिलै चलाउन सकिन्छ ।

साथै विजुली पनि कम खपत हुन्छ ।  २० देखि २५ वाट मात्रै विद्युत खर्च हुने सिइओ बस्नेतले जानकारी दिए । खासगरी पंखा गर्मी महिनामा मात्र चलाइने गरेपनि यस प्रकारका पंखाहरु जाडो याममा पनि चलाउन सकिने उनले बताए । 

बस्नेतले भने–‘हाम्रोमा ९० प्रतिशत पंखाहरु गर्मी र जाडो दुबै मौसमका चलाउन सकिन्छ । गर्मी महिनामा माथिबाट तल हावा फाल्छ भने जाडो याममा भने तल चिसो भएर बसेको हावा सोसेर कोठाको तापक्रम मिलाउने गर्छ । गर्मीको बेला सिलिङको हावा चिसो हुन्छ । भुइँको हावा तातो हुन्छ । त्यो बेला सिलिङको हावालाई पंखाले भुइँमा फाल्छ । जाडो यामका लागि पंखामा रिभर्स टेक्नोलोजी छ । जाडोमा सिलिङको हावा तातो हुन्छ र भुइँको हावा चिसो हुन्छ । भुइँको हावा तानेर सिलिङको हावा फ्लो गराइदिन्छ । जसको कारण कोठाको तापक्रम ठिक्कको हुन्छ ।’ 

भारतमा बनेका यस्ता फ्यानहरुमा १ वर्ष र ५ वर्षको वारेन्टी समेत रहेको छ । बिक्री भइसकेपछि कुनै समस्या भएमा मर्मतको व्यवस्था समेत रहेको छ । हरेक पंखामा १ वर्षको वारेन्टी रहेको छ । पंखाको  मोटर भने युरोपियन रहेकोले यसको वारेन्टी ५ वर्षको रहेको छ ।  

यस प्रकारका फ्यानहरु एक सयभन्दा धेरै मोडेलमा उपलब्ध छन् । मूल्यको हिसाबले सबैभन्दा कम मूल्य १८ हजार रुपैयाँदेखि सबैभन्दा बढी २ लाख २५ हजार रुपैयाँसम्म पर्ने फ्यानहरु उपलब्ध छन् । 
सबैभन्दा सानो एक फिट लम्बाइको फ्यानदेखि सबैभन्दा ठूलो ९ फिट लम्बाइको फ्यान रहेको छ । 

‘फ्यान विथ लाइट्स’ प्रविधिमा रहेका यस्ता फ्यानहरुले बिजुली खपत कम गर्छन भने सबै रिमोट कन्ट्रोलबाट चल्छन् । ७० प्रतिशत भन्दा बढीमा वाईफाई कनेक्सन हुन्छ, जसलाई स्मार्ट फोनबाट नै कन्ट्रोल गर्न सकिन्छ । जसलाई आफू घर बाहिर रहेको अवस्थामा पनि बन्द गर्न खोल्न मिल्छ । 

पहिला विदेशबाट आयात गरेर घरमा यस्ता फ्यान जडान गर्ने चलन थियो । तर अहिले पहिलो पटक नेपालमा यस्ता अत्याधुनिक प्रविधिसहितको फ्यानको शो रुम सञ्चालनमा आएको उनले बताए । सिइओ बस्नेतले भने–‘अर्को महत्वपूर्ण कुरा भनेको यो पंखा चलाउँदा कुनै पनि आवाज आउँदैन । पंखाको पाता स्टिल, उच्च गुणस्तरीय प्लाष्टिक र काठबाट बनेको पातासहित विभिन्न मोडलमा उपलब्ध छ ।’ 

फ्यान विथ लाइट्सको शो रुमको औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरेपनि कोरोना संक्रमणको जोखिमका कारण गर्न नसकेको उनले बताए । यसका पारखी ग्राहकहरूका लागि शो रुम खुला गरिएको उनको भनाइ छ ।

 
हप्तामा सोमबार शो रुम बन्द रहने र अन्य दिन ग्राहकहरुले पंखा खरिद गर्न सक्ने उनले बताए ।

व्यक्तिको निजी घरदेखि व्यवसायिक भवन, बगैंचा, अस्पताल, एयरर्पोट हरेक प्रकारका भौतिक संरचनाका लागि उपयुक्त हुने फ्यान विथ लाइट्स रहेको उनले बताए । 

 

हेर्नुहोस भिडियो : 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप