सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मनाङमा बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे प्रचण्ड, तस्बिरमा हेर्नुहोस्

शनिबार, २३ साउन २०७८, १७ : ५६
शनिबार, २३ साउन २०७८

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् ।  अध्यक्ष प्रचण्डले मनाङका डिस्याङ, चामे, नासो लगायतका गाउँपालिकामा बाढी पहिरोले पुर्याएको क्षति अवलोकन गरेका छन् ।

अध्यक्ष प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल , माओवादी केन्द्रका नेता देव गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुख, डिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले लगायतका स्थानीय जनप्रतिनिधि र सर्वसाधारणहरुलाई पनि बाढी पहिरोस्थलको अवलोकन गरेका छन् । अवलोकनपछि विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै बाढीका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ ।   असार १ गतेको बाढीपहिरोले मनाङमा निकै ठुलो भौतिक क्षति पुर्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप