सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ

शनिबार, २३ साउन २०७८, २० : ३२
शनिबार, २३ साउन २०७८

झापामा प्रतिबन्धित लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । भारतबाट अवैध लागुऔषधसहित नेपालतर्फ आउने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बंगाल प्रदेश तोपडाँडा घर भई हाल किशनजंग जिल्ला ठाकुरजंग बस्ने २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका ३ बस्ने २४ वर्षीय खेमराज कुँवर रहेका छन् ।

उनीहरुको साथबाट इस्कुफ ३ बोतल, नाइट्रोसुन ट्याब्लेट १० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उनीहरुमाथि आइतबार झापा जिल्ला अदालतबाट म्याद थप लिई थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप