सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अवैध तरिकाले ल्याएको यार्सागुम्बासहित नागढुंगाबाट युवक पक्राउ

आइतबार, २४ साउन २०७८, १० : ४२
आइतबार, २४ साउन २०७८

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले अवैध तरिकाले ल्याएको यार्सागुम्बा, सिलाजित र केशरी सहित एकजनालाई पक्राउ गरेको छ । जुम्ला घर भएका २४ वर्षीय तुला कामीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना.७ ख २१११ नम्बरको बसमा सवार तुलाले लुकाएर ल्याएको ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी प्रहरीले बरामद गरेको छ ।

अवैध तरिकाले ल्याएको यार्सा, केशरी र सिलाजित कारोबारीमा संलग्नलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन बन कार्यालय हात्तीसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप