हेर्दाहेर्दैमा भुवन रञ्जिताको जोडी
आइतबार, २४ साउन २०७८, १५ : ०६
गीत ‘हेर्दा हेर्दै...’ को म्युजिक भिडियो रिलिज भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन रहेको छ । गीतलाई कृष्ण काफ्ले र रिता केसीले गाएका हुन् । भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् ।
निर्देशक सुमन दाहालले भिडियो अमेरिकामै बनाएका हुन् । भिडियोमा विकास गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन छ ।