सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा सुमो दुर्घटना, चालकको मृत्यु

आइतबार, २४ साउन २०७८, १५ : ३१
आइतबार, २४ साउन २०७८

काठमाडौँबाट वीरगन्जतर्फ आउँदै  गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने चारजना घाइते भएका छन् ।  मृत्यु हुनेमा  सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनककुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप