सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा ६ दिन कैद तोकिएका अभियुक्त पक्राउ

आइतबार, २४ साउन २०७८, १६ : २३
आइतबार, २४ साउन २०७८

बैंकिङ कसुर मुद्दामा ६ दिन कैद सजाय तोकिएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका–५ घर भएका चिरायु खालिङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।  

२०७७ फागुन १० मा उच्च अदालत पाटनले खालिङ्गलाई ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । खालिङ्गले सेन्चुरी बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको जानी–जानी अर्को पक्षलाई चेक दिएका थिए । ब्यूरोले उनलाई उच्च अदालत पाटनमा उपस्थित गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप