सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरबाट १२ जना जुवाडे पक्राउ

आइतबार, २४ साउन २०७८, १७ : ३३
आइतबार, २४ साउन २०७८

मोरङको विराटनगर महानगरपालिका–१२ बाट प्रहरीले १ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर–१२ स्थित संगत गीत गजलमा जुवा खेलिरहेका १२ जनालाई लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले जुवाखालबाट २ लाख ३१ हजार नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर बस्ने राहुल सहनी, भुवन कालाखेती, राजन पौदार, दिनेश सत्रा र सुवोध पासवानसहित १२ जना छन् । आरोपीहरु विरुद्ध जुवा ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका मोरङका प्रवक्ता (डिएसपी) दिपक श्रेष्ठले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप