आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा सांसदको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

छलफलका लागि भदौ ८ गते बोलाइयो
सोमबार, २५ साउन २०७८, १४ : १२
सोमबार, २५ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले पार्टीका ३ सांसदलाई कारवाही गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको थियो । सोको जानकारी प्रदेश सभा सचिवालयलाई दिएपछि प्रदेश सभाले ती सांसदलाई हटाएको सूचना टाँस गरेको थियो ।

तर, यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेका बेला आफूहरुलाई पुनः कारवाही गरिएको भन्दै उक्त कारवाही यथास्थितिमा राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

साउन १८ गते दर्ता गरिएको रिट साउन १९ को पेसीमा चढेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट निवेदकबाटै स्थगित गरिएको थियो । त्यसपछि साउन २१ गते पेसीमा चढेको उक्त रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको थियो । उक्त दिन पनि निवेदकको कानुन व्यवसायीबाट स्थगित गराइएको थियो ।

त्यसपछि सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो ।

तीन सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेश सभा सचिवालय लुम्बिनीलगायत विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप