सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ठमेलमा काँग्रेस संस्थापन इतर सभापतिहरूको भेला

सोमबार, २५ साउन २०७८, १४ : ३५
सोमबार, २५ साउन २०७८

सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ ।  पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो ।

सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरू सहभागी हुनुभएको भेलामा सहभागी नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति सबुत बानियाँले जानकारी दिए । उनले भने, ‘महाधिवेशनको सन्दर्भ पनि आएको छ । सरकार पनि पार्टीले चलाउन पाएको छ ।

यी दुइटै कुरामा केन्द्रित भएर छलफल गरिनेछ । सरकारलाई गतिशील बनाई जनताले चाहे अनुसारको काम गर्न लगाएर सफल बनाउने र पार्टीलाई गतिशील बनाउने गरी समक्ष नेतृत्व चयन हुने गरी पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्ने बारे बैठकले आवश्यक निर्णय लिनेछ ।’

२ दिनसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुलाई बुझाउने तयारी गरिएको छ । काँग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ । त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप