सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेको संशोधित विधानमा प्रस्ताव– २२५ जनाको केन्द्रीय कमिटी, उपाध्यक्ष घट्ने, सचिव बढ्ने

सोमबार, २५ साउन २०७८, १६ : ००
सोमबार, २५ साउन २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ । 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार  संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । 

यसैगरी पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पारित विधानमा गरिएको छ । यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ । 

पारित प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुनेछ । 

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।  

पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप