सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बानेश्वरबाट ६ जना जुवाडे पक्राउ

सोमबार, २५ साउन २०७८, १७ : २३
सोमबार, २५ साउन २०७८

काठमाडौं महानगरपालिका–१० स्थित मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेल्नेहरूको साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । रामकृष्ण केसीको साढे दुई तले घरको ग्राउन्ड फ्लोरमा उनीहरुले हारजित हुनेगरी जुवा खेलेका थिए । आरोपीहरुबारे महानगरीय प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप