त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने समकक्षता प्रदान गर्न माग
सोमबार, २५ साउन २०७८, १७ : ४०
त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा अध्ययन गरी फर्केका विद्यार्थीहरुलाई समकक्षतामा दिन रोक लगाएको भन्दै उक्त विद्यालयमा अध्ययन गरेर फर्केका विद्यार्थीहरुले आफुहरुमाथि अन्याय भएको गुनासो गरेका छन् । उनीहरुले त्रिविका उपकुलपतिलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त प्रावधान खुलाउन माग समेत गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले नेपाल बाहिरका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका विद्यार्थीहरुलाई सम्बन्धित तहको समकक्षता दिँदै आएको छ । तर गान्धी खुला विश्वविद्यालयमा पढेका विद्यार्थीहरुलाई समकक्षता प्रदान नगर्दा आफुहरु विगत दुई वर्षदेखि उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएको उनीहरुको गुनासो छ ।