सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केपी ओलीको टिप्पणी : सरकारको न्यूनतम कार्यक्रम गाली गलौजको पुलिन्दा

सोमबार, २५ साउन २०७८, १० : ००
सोमबार, २५ साउन २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम आफूहरु विरुद्ध गाली गलौजको पुलिन्दा भएको टिप्पणी गरेका छन् । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
‘सरकारको न्युनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा हो।

असंवैधानिक र अपवित्र नन्दिभृगी जालिझेलीहरुको गठबन्धन हो’ ओलीले टिप्पणी गरे ।  उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कसले भए भन्ने प्रश्न गर्दै उनले त्यसमा संलग्न गठबन्धनका नेताहरुलाई कार्बाही गर्न सक्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरे । 

उनले बालुवाटार जग्गा, वाइडबडी प्रकरण लगायतमा झुटो मुद्धा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गरिए एमालेले तमाम देशभक्त, लोकतान्त्रिक  र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने ओलीले चेतावनी दिए । 
उनले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीमै किचलो सुरु भएको पनि ओलीले बताए । काँग्रेसको आन्तरिक विवादतर्फ लक्षित गर्दै उनले भने, ‘किचलो छरपस्ट भएको छ,  के अब आफनो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप