बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेता केसीलाई भेट्न प्रचण्ड नर्भिक अस्पतालमा

मङ्गलबार, २६ साउन २०७८, ११ : ३२
मङ्गलबार, २६ साउन २०७८

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् । 

पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन् । 

माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव(छोरी) गंगा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग समेत कुरा गरेका थिए । 

नेता केसीसँग समेत कुरा गरी करिब १५ मिनेट अस्पताल बसेर उनी बाहिरिएका थिए । 

माओवादीका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि अगस्ट ४ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातिमा समेत सामान्य समस्या देखिएको छ । अवस्था अहिले समान्य रहेको अस्पतालले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप