आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेरि घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधबार, २७ साउन २०७८, ११ : ०४
बुधबार, २७ साउन २०७८

पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ । 
मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो । 
यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप