बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित

बुधबार, २७ साउन २०७८, १४ : २६
बुधबार, २७ साउन २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित गरेको छ । कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन लिने कार्य स्थागित गरिएको सूचना जारी गरी जानकारी दिएको हो । 
 तर, vaccine.mohp.gob.np/public-request from   लिंकमा गई अनलाइन फारम भर्न सकिने छ । यस्तै आप्mनो प्रमाणपत्र तयार भए–नभएको  थाहा पाउनका लागि vaccine.mohp.gob.np/search लिंकमा गई हेर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
क्यूआर कोड सहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिहरुमा क्यूआर कोड सहितको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै टिकट लिनका लागि अनुरोध समेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप