आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा कुटपिटबाट एक जनाको मृत्यु

बुधबार, २७ साउन २०७८, १६ : २१
बुधबार, २७ साउन २०७८

ओखलढुङ्गामा मंगलबार राति आपसी विवादमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–५ बिप्लाटेमा दुई पुरुषबीच कुटपिट हुँदा स्थानीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको हो । प्रहरीका अनुसार ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र देउरालीका ६३ वर्षीय आङ्बु शेर्पाबीच कुटपिट भएको थियो । सोही क्रममा पासाङ तेन्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सोही घटनामा अर्का एक ब्यक्ति घाइते भएका छन् । उनको ओखलढुङ्गास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । आपसमा कुटाकुटपछि गम्भीर घाइते अवस्थामा लडिरहेका दुवैजनालाई आङ्बु शेर्पाका परिवारले अस्पतालसम्म ल्याएका थिए । घटनामा गम्भीर घाइते भएका पासाङ तेन्जी शेर्पाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप