बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोरोना र इबोलाभन्दा ‘मारबर्ग’ भाइरस घातक, गिनीमा एक जनाको मृत्यु

बुधबार, २७ साउन २०७८, १६ : ५०
बुधबार, २७ साउन २०७८

कोरोना महामारीको संकट अझै टरिसकेको छैन । तर नयाँ खतराको घण्टी बजिसकेको छ । पश्चिम अफ्रिकी गिनीमा घातक ‘मारबर्ग’ भाइरसका कारण एकजनाको मृत्यु भएको छ ।  यो घटनापछि गिनीमा निकै ठूलो त्रास फैलिएको छ । 

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)ले यो भाइरसलाई इबोला र कोरोनाभन्दा पनि धेरै खतरनाक मानेको छ । दुई अगस्टमा दक्षिणी गुएकेडौ प्राप्तका एक व्यक्तिको यो भाइरसका कारण मृत्यु भएको हो । यो भाइरस कसरी सर्छ भन्ने विषय अहिले पुष्टि भइसकेको छैन । तर, डब्ल्युएचओले चमेरोबाट भाइरस सर्नसक्ने जनाएको छ । ‘यो भाइरसको स्रोत चमेरोको गुफा हुनसक्छ,’ डब्ल्युएचओले भनेको छ । 
यस भाइरसको मृत्युदर ८८ प्रतिशतसम्म छ । 

अफ्रिकास्थित डब्ल्युएचओका क्षेत्रीय निर्देशक डा. मात्सिदिसो मोएतीका अनुसार मागबर्ग भाइरस टाढा–टाढासम्म फैलने खतरा छ । उनले यसलाई चाँडोभन्दा चाडो नियन्त्रणमा लिनुपर्ने बताए ।  गिनीमा दुई महिनाअघि मात्र इबोलाको दोस्रो प्रकोप समाप्त भएको घोषणा गरिएको थियो । अघिल्लो वर्षबाट सुरु भएको इबोलाको दोस्रो लहरमा यहाँका १२ जनाले ज्यान गुमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप