सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डाँका मुद्दामा फरार युवक पक्राउ

बुधबार, २७ साउन २०७८, २० : ५३
बुधबार, २७ साउन २०७८

डाँका मुद्दामा फरार युवकलाई प्रहरीले काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–११ घर भएका  २४ वर्षीय अर्जुन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

जिल्ला अदालत काठमाडौंले अर्जुन विरुद्ध २०७३ जेठ २४ मा ११ महिना ८ दिन कैद र २ लाख ६७ हजार जरिवाना हुने फैसला गरेको थियो । सहकारी संस्था, विभिन्न मानिसका घर र डेरा कोठाबाट धनमाल डाँका गर्ने अर्जुन विरुद्ध प्रहरीले डाँका मुद्दामा अनुसन्धान गरेको थियो ।

उनी सहितले विभिन्न समयमा विनोद भण्डारी, मोहनकाजी श्रेष्ठ र माधव पन्तको घरमा गएर नकवजनी चोरीमा गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप