सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्र चलायमान बनाउन प्रचण्डको ध्यानाकर्षण

बिहीबार, २८ साउन २०७८, ११ : २७
बिहीबार, २८ साउन २०७८

चलचित्र कलाकार संघका पुर्व अध्यक्ष तथा नायक, निर्माता नवल खड्काले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर फिल्म क्षेत्र चलायमान गराउन विषेश पहल गरिदिन आग्रह गरेका छन् । 

बुधबार प्रचण्ड निवास खुमलटार पुगेर अभिनेता खड्काले लकडाउन र निषेधाज्ञाका कारण धराशयी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्महरूको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए । उक्त अवसरमा खड्काले समग्र फिल्म क्षेत्रको समस्या र चुनौतीको बिषयमा समेत व्याख्या गर्दै प्रचण्डलाई चलचित्र क्षेत्रलाई उठाउन राज्यको विशेष अनुसन्धानको आवश्यक रहेको जानकारी गराए ।

सिमानामा काँडेतार अभियानका संयोजक समेत रहेका खड्काले  प्रचण्डसँग राष्ट्रियता संकट पर्ने एमसीसीको बिषयमा समेत आफ्नो धारणा राख्दै भ्रष्टाचारका बिषयमा पनि ध्यानाकर्षण गराएका थिए । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भिर रहेको बताउँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिएको अभिनेता खड्काले जानकारी दिए । पूर्व सभामुख महराले फिल्म क्षेत्र चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बचन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप